बनमन्त्री बस्नेतकी भतिजी बबिता बस्नेत मृत फेला

२० माघ २०७५, आईतवार १५:३६

ललितपुर , बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् । उनी वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी हुन ।ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ ।


प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्ल्याटमा बबिताले सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो ।प्रहरीका अनुसार आइतबार बिहान १० बजेसम्म नउठेपछि बबिताकी नन्दले ढोका ढकढक्याउँदा नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।त्यसपछि पुगेको ललितपुर प्रहरीको टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा मृत शरीर फेला परेको थियो ।