फेल भएकालाई नतिजा फेरबदल गरी लाइसेन्स दिने ८ विरुद्ध मुद्दा

१८ माघ २०७५, शुक्रबार ०९:२८

काठमाडौँ , लिखित परीक्षामा फेल भएका छन् । ट्रायल दिएका छैनन् । तर तिनैले सवारी चालक अनुमतिपत्र लाइसेन्स पाएका छन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले २ महिना ८ दिनमा नतिजा फेरबदल गरी ६ सय २९ लाइसेन्स दिएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साउन १६ देखि २०७५ साउन २४ सम्म एकान्तकुनामा गरेको अनुसन्धानमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा फेल भएका , अनुपस्थित भएका र चेकलिस्टमा नाम नभएका ६ सय २९ जनालाई लाइसेन्स दिएको पाइएको छ । नतिजा फेरबदल गरी इन्ट्री गर्ने र त्यस्तो नतिजा प्रमाण्ीकरण गरी लाइसेन्स जारी गर्न संलग्न यातायात व्यवस्था कार्यालयका ३ अधिकृतसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा  छापिएको छ ।