प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा भत्ता बाँड्ने कार्यक्रम होइनः श्रममन्त्री विष्ट

१ फाल्गुन २०७५, बुधबार १७:५१

काठमाडौं,श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा भत्ता बाँड्ने कार्यक्रम नभएको बताउनु भएको छ । बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै श्रममन्त्री विष्टले यस्तो बताउनु भएको हो । अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कतिपयले कार्यकर्ता पोस्ने कार्यक्रम भनी आरोप लगाउने गरेको भन्दै मन्त्री विष्टले यो सित्तैमा भत्ता बाँड्ने कार्यक्रम नभएको बताउनु भयो । अहिले मुलकमा उत्पादनका साधनहरु निष्क्रिय रहेको भन्दै युवाहरु विदेश जानैपर्ने दिनको अन्त्य गर्न लागिएको बताउनु भयो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सार्वजनिक क्षेत्र वा सार्वजनिक निर्माणका काममा युवाहरुलाई श्रममा लगाउने र सरकारले तोकेको ज्याला पनि पाउने दाबी गर्नु भयो । उहाँले भन्नु भयो , ‘यो कार्यक्रमपछि युवाहरुलाई स्वदेशमै गरिखाने पर्याप्त अवसर सिर्जना हुनेछ ।’