पूर्वबिद्यार्थी समाजको अध्यक्षमा चौहान

११ फाल्गुन २०७५, शनिबार १२:३४

अर्घाखाँची , अर्घाखाँचीको एक मात्र पुरानो पाणिनी बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्वबिद्यार्थीहरुको सक्रियतामा पाणिनी बहुमुखी क्याम्पस पूर्वबिधार्थी समाज गठन भएको छ । पूर्वबिद्यार्थी समाजको बृहत भेलाले तत्कालिन नेकपा एमालेका जिल्ला कमिटी सचिव रामबहादुर चौहानलाई सर्वसम्वत रुपमा अध्यक्ष चयन गरेको हो । नवगठित समाजका अध्यक्ष चौहान सोही क्याम्पसका पूर्वबिद्यार्थी, एबम पूर्वस्ववियू सभापति हुनुन्छ ।

जिल्लाकै पुरानो क्याम्पसलाई देशकै नमुना शैक्षिक संस्थाको रुपमा चिनाउन समाज गठन गरिएको नवगठित समाजका अध्यक्ष चौहानले बताए । अध्यक्ष चौहानले जिल्लाको एक मात्र अस्पताललाई नमुना बनाए जस्तै शैक्षिक क्षेत्रमा पनि नमुनाको रुपमा क्याम्सलाई स्थापित गरेर देखाउने बताउनु भयो ।

हाल सात सदस्य कमिटी रहेको समाज पछि २५ सदस्यीय बनाईने चौहानले जानकारी दिनु भयो । साथै चौहानलाई अर्घाखाँची अस्पताल बिकास समितिका पुर्ब अध्यक्ष उदीयमान जनजागृती क्लबका संरक्षक, जिल्ला सामुदायिक प्रहरीका अध्यक्ष समेत भएर काम गरेको अनुभव छ । चौहानलाई जिल्लाकै त्यागी समाज सेवी एबम राजनितीक व्यक्तित्वकोे रुपमा लिने गरिन्छ ।