नेकपाको सचिवालय बैठक सोमबार बस्ने

२० माघ २०७५, आईतवार १८:०५

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ । सोमबार बिहान १० बजे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म चलेको स्थायी कमिटी बैठकले एकीकरणका बाँकी काम टुंग्याउनका लागि ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।उक्त कार्यदलभित्रै विवाद भएपछि एकीकरणका बाँकी काम सचिवालयले नै टुंग्याउने भएको छ ।

बैठकमा एकीकरणका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल हुने समेत उहाँले बताउनु भयो । स्थायी कमिटी बैठक बसेको झण्डै डेढ महिनापछि सचिवालयको बैठक बस्न लागेको हो ।