नक्कली इञ्जिनियर बनेर ठगी गर्दै हिँड्ने एक व्यक्ति पक्राउ

१० फाल्गुन २०७५, शुक्रबार १५:३५

नक्कली इञ्जिनियर बनेर ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ आँपचौरका २८ बर्षिय महेन्द्र सुनार रहेका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सुनार ठगी मुद्दाको जेल सजाय बिताएर कारागारबाट एक महिना अगाडि निस्किएका थिए ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सुनारबिरुद्ध मुद्धा दर्ता गरेर कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।