देशमा भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरु बलियो हुनुपर्छः डा बाबुराम भट्टराई

६ फाल्गुन २०७५, सोमबार १३:५७
100

गुल्मी , पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले देशमा भ्रष्टाचारको संक्रमण फैलिएको बताउनु भएको छ ।गुल्मीको मुसिकोट नगरपालिका ७ वामीस्थित रुद्रावती बहुमुखी क्याम्पसको प्राङ्गणमा मुसिकोट नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा भट्टराईले विधि, प्रक्रिया र भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरु बलियो हुनुपर्ने बताउनु भयो । उहाँले काण्डै काण्ड भएको राजनीतिबाट स्वतन्त्र रहने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा न्यायापालिकामा नियुक्ति गर्नुपर्ने भन्दै राजनीतिक शुदृढिकरण हुनुपर्नेमा जोड दिनु भयो । उहाँले खर्चिलो चुनावको कारण देशमा घुसखोरी, कमिसनखोरी बढेको भन्दै खर्चिलो चुनावी प्रणालीको सुधार गर्नुपर्ने बताउनु भयो । पूर्वप्रधानमन्त्री भट्टराईले चुनावमा हुने आधारभुत खर्च राष्ट्रले तिरिदिने र कार्यकारी पदमा मात्र चुनाव गर्ने तथा संसदमा भने समानुपातिक प्रणालीबाट नेता छान्ने विधि अपनाउने हो भने भ्रष्ट्राचार हट्ने बताउनु भयो ।उहाँले सबैभन्दा बलियो स्थानीय सरकार, त्यसपछि प्रदेश र केन्द्र सरकार हुनुपर्ने भन्दै अब जनतालाई धनी बनाउने खालको समावेशी विकासको बिचारधारा जन्माउनुपर्ने बताउनु भयो ।