डडेलधुरामा प्रभु बैंकको नयाँ शाखा बिस्तार

२८ माघ २०७५, सोमबार ११:२९

काठमाडौं , प्रभु बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ मा बैंकको नवदुर्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले एक समारोहकाबीच बैंकको नवदुर्गा शाखा कार्यालय उद्घाटन गर्नु भयो । शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिकदलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरू, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुसी प्रकट गर्दै यस नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रूपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध भएको बताउनु भयो ।