झापामा कला साहित्य उत्सव हुँदै

४ फाल्गुन २०७५, शनिबार ११:३१

झापा , नेपाली कला र साहित्यको विकास र प्रवद्र्धन गर्ने लक्ष्यका साथ तीन दिने उत्सव हुने भएको छ । रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरमा आयोजना हुँदै आएको कला साहित्य उत्सव १८ फागुनदेखि सुरु हुने भएको छ ।
झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको छ । फागुन २० गतेसम्म चल्ने उत्सवको चौथो शृंखलामा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज र फोटो प्रदर्शनी एवं नाटक मञ्चन गरिने कार्यक्रमका संयोजक हरि तिम्सिनाले जानकारी दिनु भयो ।

आयोजक समितिका सदस्य दामोदर ढुंगेलका अनुसार कला, साहित्य उत्सव केवल लेखक र साहित्यकारका लागि मात्र लक्षित नगरी विद्यार्थी एवं सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि भएको बताउनु भयो । उत्सवमा कला, साहित्य, संस्कृति, अर्थ, राजनीति, सञ्चार एवं पर्यावरणजस्ता विषयमा विमर्श गरिने आयोजक संस्थाका सचिव सौरभ मैनालीले बताउनु भयो ।