खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

१३ फाल्गुन २०७५, सोमबार १३:२७

काठमाडौ , महानगरीय प्रहरी वृत्त गौशालाले धारिलो हतियार खुकुरी प्रहार गर्ने ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार साँझ ६ः१० बजे पिङगलास्थान बस्ने धनुषाका आताबुल रहिम, रवि यादव र सञ्जिव साहलाई पक्राउ गरेको हो । निजहरूले तिलगंगा पहेलो पुल डेरा गरी बस्ने भारतका मोहमद अलवाज खानलाई पिङगलास्थानमा धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएका थिए । घाईतेको उपचार भईरहेको र खुकुरी प्रहार गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।