काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा देशभित्र र बाहिर चोरी भई फिर्ता गरिएका मूर्ति प्रदर्शनीमा

४ फाल्गुन २०७५, शनिबार ११:४७

काठमाडौं , चोरीपछि बरामद गरिएका विभिन्न मूर्तिको प्रदर्शन भएको छ । काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा देशभित्र र बाहिर चोरी भई फिर्ता गरिएका मूर्ति प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीमा ३६ वटा मूर्ति राखिएको छ । संग्रहालयले हालसम्म ४५ वटा चोरी भएका मूर्ति बरामद गरेको छ । सम्पदाको चोरी रोक्न जनचेतना जगाउने लक्ष्यका साथ प्रदर्शनीको आयोजना गरिएको संग्रहालयले जनाएको छ । संग्रहालयको ८०औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको हो ।