ओली र दाहाल बीचको तरङ्ग

२८ माघ २०७५, सोमबार १२:१८



काठमाडौं , सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बढेको असन्तुष्टि कम गर्न नेताहरूले पहल शुरू गर्नु पर्छ । भेनेजुएला प्रकरणमा अध्यक्ष ओलीले बुधबारको टेलिभिजन कार्यक्रममा अर्का अध्यक्ष प्रचण्डलाई ‘चिप्लिएको’ प्रतिक्रिया दिनु भएको थियो । शुक्रबार काठमाडौंमा आयोजित पुस्तक विमोचनको कार्यक्रममा सरकारको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै प्रचण्डले ‘माओवादी सिध्याइयो भन्र्ने कसैले ठानेको छ भने फेरी अर्को माओवादी जन्मन्छ र झन् ठूलो द्वन्द्व हुने खतरा आउँछ’ भनेर जवाफ फर्काएपछि तरङ्ग उत्पन्न भएको थियो ।