आन्तरिक परीक्षाको व्यवस्था मिलाउन सरकारसंग अस्थायी र करार शिक्षकको माग

२६ माघ २०७५, शनिबार १६:५६

काठमाडौं, अस्थायी र करार शिक्षक केन्द्रीय संघर्ष समितिले आन्तरिक परीक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

समितिले शनिबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधकारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था मिलाउन सरकारसंग माग गरेको हो। संघर्ष समितिले माग सम्बोधनका लागि सरकारलाई दबाब दिन आगामी फागुन २ गते सत्तारुढ दल नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिसकेको छ।संघर्ष समितिका संयोजक हेमनाथ चौलागाइले सरकारले आफूहरुको माग सम्बोधन नगरे आन्दोलमा उत्रने बताउनु भयो । अस्थायी र करार शिक्षकको माग पूरा नभए आगामी २९ गतेदेखि मुलुकभरका विद्यालयबाट शिक्षकहरुलाई राजधानी झिकाइ दबाबमूलक आन्दोलन गर्ने चेतावनी दिएका छन्।