आजबाट काठमाडौंमा साना किसान सम्मेलन २०७५ सुरु

१६ फाल्गुन २०७५, बिहीबार १७:३७

काठमाडौ , ‘साना किसानको समृद्धि , कृषिको रूपान्तरण र उद्यमशीलताको विकास’ भन्ने नाराका साथ साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा आजबाट काठमाडौंमा साना किसान सम्मेलन २०७५ सुरु भएको छ ।

दुई दिने उक्त सम्मेलनको औपचारीक उद्घाटन प्रधान मन्त्री केपी शर्मा ओलीले गर्ने पुर्व निर्धारित कार्यक्रम भए पनि हिजो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन हुने गरि भएको दुर्घटनाका कारण सरकारले आज राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक विदा दिएका कारण आज औपचारीक उद्घाटन भने भएन ।
साना किसानलाई आधुनिक कृषि प्राणालीमा आकर्षित गरी कृषि उद्यमशीलताको विकासमा टेवा पु¥याउनका लागि दोस्रो ‘साना किसान सम्मेलन–२०७५’ आयोजना गरिएको बताईएको छ ।
सम्मेलनमा साना किसान विकास लघुवित्त वित्तीय संस्थामा आबद्ध देशभरका ९ सय साना किसान प्रतिनिधि र नीति निर्माण अध्येता, योजनाविद्लगायत करिब १ हजार २ सय जनाको सहभागिता रहेको छ ।
हरेक चार चार वर्षमा हुने सम्मेलनले कृषिको आधुनिकीकरण, उद्यमशीलता अभिवृद्धि र युवा पुस्ताको आकर्षणबारे आगामी रणनीति तय गर्नेछ । पहिलो साना किसान सम्मेलन २०७१ कात्तिकमा १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो । यो दोस्रो सम्मेलन हो ।