आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्छः प्रधानमन्त्री केपी शर्मा ओली

२० माघ २०७५, आईतवार १५:०१

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने बताउनु भएको छ । सहिद हेमनारायण यादवको १५औँ स्मृतिसभालाई सिरहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वृद्धवृद्धाको हितका लागि सरकार सकारात्मक रहेको बताउनु भयो ।

देउवा नेतृत्वको सरकारले देशको ढुकुटी रित्तो पारेकाले अघिल्लो आर्थिक वर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको दाबी छ । ‘आउने आर्थिक वर्षमा सरकारले वृद्धभत्ता बढाउने आस्वाशन समेत दिनु भयो ।प्रधानमन्त्री ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताउनु भयो ।प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग, निजगढ विमानस्थल, कमला–मरिन डाइभर्सनबाट तराईलाई सिँचाइ गर्ने योजनाका काम धमाधम भइरहेको बताउनु भयो ।