अर्घाखाँची जिल्ला सन्धिखर्क ३ मा नेकपा परित्याग गरी ६७ जना काँग्रेसमा प्रवेश

२ फाल्गुन २०७५, बिहीबार १५:४४

अर्घाखाँची, नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले तरुणहरु एकजुट भएर लागेमा पार्टीको संगठनलाई मजवुद बनाउँन सकिने बताउनु भएको छ । नेपाल तरुण दल सन्धिखर्क नगरपालिकाको आयोजनामा ३ नम्बर वडामा पार्टी प्रवेश तथा तरुण दलको संगठन विस्तार कार्यक्रममा बोल्दै मुस्कानले सवै तरुणहरुलाई एकजुट भएर संगठनको निम्ती राम्रो काम गर्न आग्रह गर्नु भयो । नेकपा परित्याग गरी पार्टी प्रवेशगर्नेहरुलाई स्वागत गर्दै उहाँले चुनावमा लगाएका नाराहरु भाषणमै सीमित भएको भन्दै कम्युनिष्ट सरकार भष्ट्र बन्दै गएको बताउनु भयो । नेपाली काँग्रेसका पुर्व सभापति तथा सन्धिखर्क नगरप्रमुख कमल भुसालले सन्धिखर्क नगरपालिकाले विकास निमार्णमा फड्को मार्दै गएको बताउनु भयो । उहाँले नगरपालिकाले ३ वडामा विकास निमार्णमा धेरै ध्यान दिएको बताउँदै चुनावमा गरिएका वाचाँहरु पुरा गर्ने बताउनु भयो ।