स्काई ओभरसिजका मालिक तामाङविरुद्ध १९ करोड ५८ लाखको करछली मुद्दा

२० पुष २०७५, शुक्रबार १४:४३

काठमाडौं स्काई ओभरसिजका मालिक बलबहादुर तामाङविरुद्ध १९ करोड ५८ लाख रुपैयाँ कर छली गरेको आरोपमा मुद्दा दर्ता भएको छ।उनीविरुद्ध बिगो र जरिवानासहित सो रकम बराबरको करछली गरेको आरोप छ।

आन्तरिक राजस्व अनुसन्धान विभागले तामाङविरुद्ध करछलीको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको विभागले जनाएको छ । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका तामाङले साउदी, कतार, मलेसिया र बहाइनमा कामदार पठाउँदै आएका छन्।