सुनको भाउ पाँच वर्षयताकै उच्च

३ माघ २०७५, बिहीबार १४:४८

काठमाडौं, बहुमूल्य धातु सुनको भाउ तीन दिनदेखि तोलाको ६१ हजार रुपैयाँमै कारोबार भइरहेको छ । यो भाउ पाँच वर्षयताकै उच्च हो । यसअघि नेपालमा सुन सर्वाधिक महँगो हुँदा तोलाको ६२ हजार ५ सयसम्म पुगेको थियो ।

 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च भएको हो । एकै दिन तोलामा ४ सय रुपैयाँ वृद्धि भएर तोलाको ६१ हजार रुपैयाँ पुगेको हो ।