सचिव झालाई कुट्नु अपराध होः जोशी

२ माघ २०७५, बुधबार १३:०९

धनुषा,  प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता नविन्द्रराज जोशीले प्रदेश नम्बर २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झामाथि गरेको कुटपिटको घटना आपत्तिजनक रहेको बताउनु भएको छ ।   नेपाल प्रेस यूनियन धनुषाले बुधबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता जोशीले कर्मचारीलाई कुट्दैमा संघीयता सफल नहुने बताउनु भयो ।   उहाँले  संघीयतालाई धरापमा पार्न प्रदेश र संघीय सरकार लागिपरेको आरोप पनि लगाउनु भयो ।

‘‘प्रदेश सरकार दमनकारी मानसिकताबाट प्रताडित भएको छ । सचिव झालाई कुट्नु अपराध हो ।जोशीले संघदेखि प्रदेश सरकारसमेत मनोमानी ढङ्गले मिडियालाई आफ्नो नियन्त्रणमा लिन विभिन्न हत्कण्डा अपनाउन लागिपरेको आरोप लगाउनु भयो ।   कांग्रेस नेताका नाममा रहेका अस्पतालको नाम परिवर्तन गरिए सरकारविरुद्ध कडा प्रतिवाद गर्ने उहाँले  चेतावनी दिनु भयो ।