संसदमा बलात्कारीलाई मृत्युदण्डको कानुन बनाउँन माग

१७ पुष २०७५, मंगलवार १५:४१

काठमाडौँ । सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसद्को ध्यानाकर्षण गर्नु भएको छ । प्रतिनिधिसभाको आजको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीय बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदण्ड हुनुपर्ने बताउनु भयो ।

सांसद नवराज राउतले भेरी नदीको पुल निर्माणमा ढिलासुस्ती, नारायणप्रसाद मरासनीले स्याङ्जा पुतली बजार नगरपालिका १०, ११ र १२ का कृषकलाई राहत, पार्वती विसुङ्खेले कालीकोटमा भएको आगालागी पीडितलाई उचित व्यवस्थापन, प्रेमबहादुर आलेले अमरगढी बस दुर्घटनाका घाइतेको औषधि उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।