वेल घेराउ र नाराबाजीका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित

११ माघ २०७५, शुक्रबार १५:०७

काठमाडौं ,  लामो बिवाद अन्योल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदले पारित गरेको छ ।संसदमा  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पारित भएको हो ।  नेपाली कांग्रेसका सांसदहरुले बैठक सुरु हुनासाथ वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित गर्न गरेको प्रस्ताव बहुमतले पारित गरेको हो ।नाराबाजी र बिपक्षी दलको अवरोधले  चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न रोकेन अन्ततः बहुमतले पारित भयो ।