वाइडबडी प्रकरणमा वर्तमान सरकार दोषी नरहेको मन्त्री ढकालको दाबी

२९ पुष २०७५, आईतवार ११:४६

उर्लाबारी– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको दाबी गर्नु भएको छ । मन्त्री ढकालले तत्कालीन प्रधानमन्त्री देउवाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेको समयमा नै वाइडबडी विमान खरिद गर्ने निर्णय भएको र त्यसपछि दुई जना पर्यटनमन्त्री फेरिइसकिएकाले यो सरकार दोषी नरहेको धारणा व्यक्त  गर्नु भएको हो ।

मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले शनिबार आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’मा  उहाँले भन्नु भयो,   ‘कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइडबडी विमान खरिद गर्ने निर्णय भएको थियो।’