वाइडबडी खरिदमा घोटला प्रकरणः मन्त्रीसहित दुई दर्जनको संलग्नता

१८ पुष २०७५, बुधबार ११:२२

काठमाडौं– नेपाल वायुसेवा निगममा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार भएको पाइएको छ । संसदको सार्वजनिक लेखा समितिले गत असार महिनामा निगमले किनेका २ वटा ठूला जहाज वाइडबडी खरिदको छानविन गर्न गठित उपसमितिले तयार पारेको प्रतिवेदनमा निगमको इतिहासमै सवैभन्दा बढी भ्रष्टाचार भएको प्रतिवेदन तयार पारेको हो । उपसमितिले विमान खरिद गर्दा ४ अर्व ३५ करोड भ्रष्टचार भएको प्रतिवेदनमा औँल्याएको छ ।

समितिका एक सदस्यले दिएको जानकारी अनुसार प्रतिवेदनमा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीदेखि पूर्व मन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र देव तथा पूर्वसचिव प्रेमकुमार राई, बहालवाला सचिव कृष्ण अधिकारी, विगमका महाप्रवन्धक सुगतरत्न कंसाकार मुख्य दोषी रहेको पाइएको छ ।