वाइडबडीको अनियमितता लुकाउन सरकारले छानविन समिति बनाएको पौडेलको आरोप

२० पुष २०७५, शुक्रबार १२:२७

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी विमानको अनियमितता लुकाउनका लागि सरकारले छानविन समिति बनाएको आरोप लगाउनु भएको छ ।


तनहुँको दुलेगौंडामा भएको कांग्रेसको कार्यक्रममा बोल्दै पौडेलले संसदले छानविन गरिरहेको अवस्थामा सरकारले छानविन समिति बनाएर ढाकछोप गर्न लागेको बताउनु भयो । प्रधानमन्त्रीले लेखा समिति अन्तर्गतको उपसमितिलाई अपमान गरेको बताउनु भयो ।
पौडेलले राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर ठूला ठूला काण्डमा सँगै हुने त होइनन् भनी शंका व्यक्त गर्नु भयो ।पौडेलले महासमिति पछि देशभर पार्टी एक भएको सन्देश गएको बेलामा फेरि पार्टीमा लफडाको तयारी भएको बताउनु भयो ।