लुम्बिनी प्रेस क्लबमा नयाँ नेतृत्व चयन

२९ पुष २०७५, आईतवार १३:१०

भैरहवा,  लुम्बिनी प्रेस क्लबको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन भैरहवामा शनिबार सम्पन्न भएको छ । अधिवेशनले  दिपेश पछाईको नेतृत्वमा आगामी दुई वर्षे कार्यकालका लागि नया“ नेतृत्व चयन गरेको छ । जसको निर्वतमान अध्यक्षमा माधव ढुंगाना, उपाध्यक्षमा नरेश केसी, महासचिवमा सम्झना शर्मा, सचिवमा माधव न्यौपाने, कोषाध्यक्षमा दिपक घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । यस्तै क्लबको कार्यसमिति सदस्यमा शंकर पाण्डे, सलमान खान, प्रकाश न्यौपाने, पशुपति यादव, विवेक विश्वकर्मा, सविन्द्र गुप्ता चयन हुनुभएको छ ।

यस्तै अधिवेशनले विभिन्न समितिका संयोजक तथा सदस्यसमेत निर्विरोध निर्वाचित गरेको छ । जसअन्तर्गत अनुशासन समितिको संयोजकमा दिपेन्द्र बडुवाल, लेखा समिति संयोजकमा रोधेश्याम विश्वकर्मा र तालिम समितिमा पुनहरि वेल्वासे चयन हुनुभएको छ । यस्तै अनुशासित समितिको सदस्यमा विन्दुकुमार चौहान र उषा सिंह चयन हुनुभएको छ । यस्तै लेखा समिति सदस्यमा शम्भु पन्त, विष्णु भट्टराई र तालिम समिति सदस्यमा शशि पन्थी र राजकुमार धवल चयन हुनुभएको छ ।