राष्ट्रिय अनुसनधान बिभागका प्रमुख हटाइए

२४ पुष २०७५, मंगलवार ०९:४१

काठमाडौ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई सरकारले कार्यकाल सकिनु अघि नै हटाएको छ

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई हटाएर नयाँ प्रमुखमा विभागकै एआईजी गणेश अधिकारीलाई नियुक्त गरेको बताइएको छ। नवनियुक्त प्रमुख अधिकारीले सोमवार साँझ नै पदभार ग्रहण गरेको बताइएको छ । हटाइएका रेग्मीको कार्यकाल अझै पाँच महिना बाँकी रहेको थियो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।