मालपोत कार्यालय ललितपुरमा घुस प्रकरणः नासु र एक बिचौलिया घुससहित पक्राउ

६ माघ २०७५, आईतवार १७:३४

काठमाडौं, मालपोत कार्यालय ललितपुरका नायव सुब्बा र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ।

 

मालपोतका नासु कुमारबहादुर राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यलाई घुसहित अख्तियारको टोलीले पक्राउ गरेको हो। अख्तियारको टोलीले सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।