मन्त्रालयले नै खुवाउन थाल्यो मन्त्रीलाई तलब, तेल पनि मन्त्रालयले नै हालिदिने

१७ माघ २०७५, बिहीबार १०:५६

काठमाडौँ , मन्त्रालयले मन्त्री र मन्त्रीको सचिवालयलाई गत पुस महिनादेखिको तलब आफैले खुवाउन थालेको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरुको तलब खुवाउने गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कृष्णप्रसाद देवकोटाका अनुसार पुसदेखि सम्बन्धित मन्त्रालयले नै तलब दिन थालेको हो ।नयाँ व्यवस्था शुरु भएकाले अझै पनि कतिपय मन्त्रालयले तलब खुवाउन सकेको छैनन् ।मन्त्रीलाई दिइने इन्धनबापतको पैसा दिन छोडिएको छ । अहिले मन्त्रालयले नै इन्धन हालिदिने गरेको छ । पुसमा मात्र मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरे पनि पुसदेखिकै तलब मन्त्रालयले खुवाएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।