भ्रष्टाचार समृद्धिको बाधक होः प्रधानमन्त्री ओली

१५ माघ २०७५, मंगलवार १३:५४

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने बताउनु भएको छ ।सशस्त्र प्रहरी बलको अठारौं स्थापना दिवसको अवसरमा आज बलको मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेको अनुहार पनि नहेर्ने बताउनु भएको हो ।

भ्रष्टाचार समृद्धिको बाधक हो भन्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशिलताको नीति लिएको बताउनु भयो । , भ्रष्टाचार गर्ने कुनै पनि निकाय वा व्यक्तिविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने समेत बताउनु भयो ।