भारतमा अन्ना हजारेले फेरि अनसन सुरु गर्दै

१६ माघ २०७५, बुधबार १३:५४

काठमाडौं , भारतमा भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित नागरिक अगुवा अन्ना हजारेले फेरि अनसन शुरु गर्ने भएका छन् । जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै बुधबार आफ्नै गाउँमा अनसन बस्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

महाराष्ट्रको अहमदनगर, रालेगन सिद्धीमा अनसन बस्न लागेका हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्न लागेका हुन् ।केन्द्र सरकारले जनतालाई पटक(पटक धोका दिएकाले आफू अनसन बस्न परेको तर आफ्नो अनसन कुनै पार्टी वा व्यक्तिविरुद्ध नरहेको हजारेको भनाइ छ ।भारतीय सरकारबाट पेन्सन थाप्ने गरेका पूर्वसैनिक हजारेले १६ अगस्त २०११ मा लोकपाल विधेयक पारित गराउन माग गर्दै आमरण अनसन गरेका थिए ।