प्रियङ्का गान्धी उत्तर प्रदेशको महासचिव नियुक्त

९ माघ २०७५, बुधबार १५:४२

नयाँ दिल्ली, भारतमा काङ्ग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियङ्कालाई चमत्कारिक व्यक्तित्व करिस्म्याटिक मानिन्छ । तिनै करिस्म्याटिक प्रियङ्काले त्यहाँको मुख्य निर्वाचनभन्दा केही महिनाअघि आफूले राजनीतिक रङ्गमञ्चमा प्रवेश गरेको औपचारिक घोषणा गरिन् । प्रियङ्कालाई उत्तर प्रदेशको महत्वपूर्ण उत्तरी राज्यको पार्टी महासचिव नियुक्त गरिएको छ । यसअघिका निर्वाचनहरुमा आफ्नी माता सोनिया तथा भाइ राहुलका निम्ति खुबै खटे पनि उनले प्रत्यक्ष राजनीतिमा हामफाल्ने चाहना राखेकी थिइनन् ।


राजनीतिक विश्लेषकहरुको विश्वास छ, उनले काङ्ग्रेसको चुनावी अभियानमा नयाँ ऊर्जा सञ्चार गर्नेछिन् । हालको मुख्य प्रतिपक्षी काङ्ग्रेसलाई भारतीय जनता पार्टी भाजपाले नराम्रो धक्का दिएको थियो । त्यो धक्कालाई कम गर्न वा फाल्न काङ्ग्रेसलाई निकै गाह्रो पर्दै आएको छ । भर्खरै सम्पन्न राज्यहरुको निर्वाचनमा केही आधार भने निर्माण गर्न काङ्ग्रेस सफल भएको छ । तर, भाजपालाई हराउन भने काङ्ग्रेसले निकै कठिन बाटो अपनाउनुपर्ने अवस्था छ । प्रियङ्काको राजनीतिमा औपचारिक प्रवेशलाई लिएर सामाजिक सञ्जाल रङ्गिएको छ । पार्टी तथा प्रियङ्कामाथि अनेक अफवाह चलिरहँदा बुधबार काङ्ग्रेस पार्टीले ट्विट गर्दै प्रियङ्काको राजनीतिमा प्रवेशलाई पुष्टि गरेको छ ।
बीबीसी