प्रदेश २ को नाम चाँडै नै ‘मधेस प्रदेश’ हुनेः उपप्रधानमन्त्री यादव

६ माघ २०७५, आईतवार १३:१३

धनुषा, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रदेश २ को नाम चाँडै नै ‘मधेस प्रदेश’ हुने बताउनु भएको छ ।सिरहाको लहानमा शनिबार प्रदेश २ सरकारले आयोजना गरेको १२औँ बलिदानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले संघीयता, गणतन्त्र र समावेशिता कांग्रेस–कम्युनिष्ट मनले हैन बाध्यताले स्वीकारेको बताउनु भयो ।

मन्त्री यादवले संविधानमा सबै वर्ग तथा समुदायले स्वीकार गर्ने किसिमले संशोधन हुनुपर्ने बताउँदै उहाँले संविधान संशोधन नभए संघर्षमा जाने चेतावनी दिनु भयो ।उहाँले अहिले प्राप्त अधिकारलाई संस्थागत गर्दै बाँकी अधिकार प्राप्तिका लागि संघर्ष गर्दै जाने बताउनु भयो ।