प्रतिनिधिसभाको बैठकमा नाराबाजी

११ माघ २०७५, शुक्रबार १४:४७

काठमाडौं , चिकित्सा शिक्षा विधेयकमा   डा गोविन्द केसीसँगको सम्झौता उलङ्घन गर्न लागेको र  कांग्रेसका दिंगत नेताका नाममा रहेको दुई अस्पताल सरकाले विघटन गर्न लागेको    भन्दै कांग्रेसले प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरि रहेको छ ।

प्रतिनिधिसभाको बैठक शुरू हुने बित्तिकै सांसद पुष्पा भुषाले कांग्रेसका दुई नेताको नाममा रहेको अस्पताल संघबाट हटाएर विघटन गर्न लागेको र ती नाममा रहेका जग्गा समेत सरकारीकण गर्न लागेको भन्दै आपत्ती जनाउनु भयो ।   त्यस्तै  उहाँले कम्युनिस्ट सरकारले कांग्रेसलाई देखि नसहेको र इतिहास नै मेटाउन लागेको भन्दै उहाँले  ‘खोला तरेर लौरो नबिर्सन’ चेतावनी दिनु भयो ।