पृथ्वी जयन्ती, पुस २७ गते सार्वजनिक बिदाको मागः बिष्णुप्रसाद शर्मा

२१ पुष २०७५, शनिबार १३:५५

काठमाडौं – राजनीतिक बिश्लेषक बिष्णुप्रसाद शर्माले  पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गर्नु भएको छ । आयोखवर संगको टेलिफोन बार्तामा  उहाँले  पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन सवैलाई अपिल गर्नु भएको छ ।

अंग्रेज साम्राज्यले सम्पूर्ण दक्षिण एशियामा आफ्नो प्रभाव विस्तार गरिरहेको अवस्थामा साना साना राज्यहरुमा विभाजित देशलाई एकिकरणगरि एउटै सुत्रमा बाँधेर स्वतन्त्र देश दिने राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्नु पर्ने कुरामा शर्माले जोड दिनु भएको छ । राष्ट्र एकिकरणको महत्वलाई राजनीतिक व्यवस्था र संस्थासंग जोडेर हेर्न नमिल्ने उहाँको तर्क छ । उहाँले भन्नु भयो ,   राष्ट्रनिर्मातालाई  सबैको साझा र सम्मानित व्यक्तित्वको रुपमा ग्रहण गर्नु पर्दछ।पौष २७ गते राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती भब्यरुपमा मनाउन र सार्वजनिक बिदादिन सरकारसंग आग्रह गर्नु भएको छ ।अहिलेको सरकारको गतिविधि हेर्दा एकता भन्दा मुलुकलाई बिखण्डनतिर लैजाने षडेन्त्र भएको भन्दै शर्माले देशभक्त नेपाली सचेत हुनु पर्ने  बताउनु भयो ।