पूर्वराजा ज्ञानेन्द्र शाह आज सीमरा जाँदै

१३ माघ २०७५, आईतवार ११:३०

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार बाराको सीमरा जानु हुने भएको छ ।पारिवारिक भ्रमणको लागि भन्दै शाह सीमरा जान लाग्नु भएको बताइएको छ ।राजावादीसँग भेटघाट र गोप्य छलफल गर्ने बताइएको छ । यस्तै उहाँ त्यहाँ रहेका विभिन्न शक्तिपिठको दर्शनमा पनि सहभागि हुने बताइएको छ ।


पूर्वराजा निकट स्रोतका अनुसार उहाँ पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित बुद्ध एयरको विमानमार्फत अपरान्ह ४ बजे सीमरा प्रस्थान गर्नुहुने छ ।पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसँगै निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउत पनि सीमरामा जानेछन् ।सिमरा स्थित प्रभु शमसेर राणाको निवासमा शाह बस्ने कार्यक्रम रहेको छ । उहाँ सिमराबाट पूर्वी तराईको भ्रमणमा जानुहुने बताइएको छ ।करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार दमक जाने बुझिएको छ ।