पूर्वयुवराज पारस खतरामुक्त

१५ माघ २०७५, मंगलवार १०:३८

काठमाडौं , हृदयाघातका कारण सोमबार अचानक अस्वस्थ भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उहाँलाई नर्भिक अस्पतालको सीसीयूबाट स्वास्थ्य अवस्थामा सुधार आएपछि क्याबिनमा सारिएको पारिवारिक स्रोतले बताएको छ ।

उहाँको स्वास्थ्य अचानक बिग्रिएपछि पूर्वरानी कोमल सोमबार राति सिमराबाट स्थलमार्ग हुँदै राति साढे १० बजे नर्भिक अस्पताल आइपुग्नु भएको थियो । पूर्वराजा ज्ञानेन्द्र भने सिमरामै हुनुन्छ । पूर्वराजा तथा पूर्वरानी १ महिनाको कार्यक्रमको लागि सिमरा गएकोमा छोरा बिरामी परेपछि पूर्व रानी एक्कासी फर्कनु परेको हो ।सोमबार दिउँसो उहाँको मुटुको भल्बमा समस्या भइ हृदयघात भएको हो । “छातीमा असह्य पीडाको महसुस भएपश्चात् पूर्वयुवराज पारसलाई अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा लगिएको थियो ।उहाँको उपचारमा प्रा।डा। यादवदेव भट्ट लगायत डा। जे।पी। जैसवाल, डा। नग्मा श्रेष्ठ, डा। सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा। प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको छ ।