नेविसंघको सरकार विरुद्ध प्रदर्शन, ४८ विद्यार्थी पक्राउ

११ माघ २०७५, शुक्रबार १७:५७

काठमाडौं , सरकारले प्रतिनिधिसभा बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गरेपछि नेविसंघ आन्दोलनमा उत्रिएको छ । चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा नेविसंघ सरकार विरुद्ध आन्दोलनमा उत्रिएको हो ।

नेविसंघले नयाँ बानेश्वरमा जारी निषेधाज्ञा तोड्दै सरकार विरुद्ध प्रदर्शन गरेको छ । निषेधाज्ञा तोडेर सरकार विरुद्ध प्रदर्शन गरिएपछि प्रहरीले महामन्त्री काफ्लेसहित ठूलो संख्यामा विद्यार्थीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ परेका नेविसंघका नेता–कार्यकर्ताहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लवमा राखेको छ । अहिलेसम्म ४८ जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको पुष्टि भएको छ ।