नेपाल जापानबीच सिधा हवाई सम्झौता हुँदै

२५ पुष २०७५, बुधबार १६:१७

काठमाडौं । नेपाल र जापान बीच बुधबार सिधा हवाई सेवा सम्झौता हुने भएको छ ।  जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा दुई देशबीच हवाई सम्झौता हुनेछ ।

यसअघि सन् १९९३ मा जापानसँग भएको सम्झौतालाई नवीकरण गर्न गत असारमा दुई देशबीच सहमति भएको थियो । सम्झौतापछि नेपाल जापानबीच सातामा १४ वटासम्म उडान हुनेछ ।जापानको नारिता विमानस्थलसहित अन्य विमानस्थलबाट यो सेवा सञ्चालन हुनेछ । टोकियोको सबैभन्दा ठूलो एयरपोर्ट हानडामा भने नेपाली वायु सेवाले प्रवेश पाउने छैन ।यो सम्झौता पछि जापानमा बस्ने नेपाली र जापानबाट आउने पर्यटकले अधिकतम् लाभ उठाउन सक्नेछन् ।नेपाल जापान सिधा उडान शुरु भएपछि नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानी पर्यटक नेपाल भित्र्याउन मद्दत  पुग्ने सरकारको विश्वास छ ।