नेपालले टीट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत यूएईसँग खेल्दै

१७ माघ २०७५, बिहीबार १५:५९

युएई एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई सिरिज जितेको नेपाल टीट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत आज घरेलु टोली यूएईसँग पहिलो खेल खेलिरहेको छ ।

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा हुने तीन टी(ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेल आज युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । पछिल्लो समाचार अनुसार युएईले १५ ओभरमा १२० रन बनाएको छ भने नेपालले युएईका ४ विकेट झार्न सफल भएको छ ।