निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई सरकारले लुकाउने काम गरेको छः देउवा

३० पुष २०७५, सोमबार १४:५७

धनगढी– पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधीमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गर्नु भएको छ ।

नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले भन्नु भयो, ‘कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई सरकारले लुकाउने काम गरेको छ, दोषीलाई कारवाही गर्न मिडियाले दबाब दिनुपर्छ ।’