देशमा बिकास र समृद्दि हुन्छः प्रधानमन्त्री

१७ पुष २०७५, मंगलवार ११:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको संघारमा पुग्दा जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताउनु भयो ।

‘निर्वाचनमार्फत् प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटकपटक संकल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भन्नु भएको छ । प्रधानमन्त्री ओलीले यो अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायको साथ सहयोग रहने विश्वाससमेत व्यक्त गर्नु भएको छ ।