देउवाको पालामा वाइडबडीबारे कुनै निर्णय भएको छैनः बिश्वप्रकाश शर्मा

३ माघ २०७५, बिहीबार १२:२२

काठमाडौं,  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा वाइडबडी विमानका सम्बन्धमा कुनै पनि निर्णय नभएको दाबी गरेको छ । वाइडबडी प्रकरणमा पार्टी सभापतिको नाम मुछिएपछि कांग्रेसले देउवा सरकारको पालामा मन्त्री परिषदबाट, प्रधानमन्त्रीबाट अथवा मन्त्रीस्तरिय निर्णयबाट वाइडबडीका सम्बन्धमा कुनै पनि निर्णय नभएको दाबी गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  पत्रकार सम्मेलन गरेर २०७२ असोज २५ गते केपी शर्मा ओली प्रधानमन्त्री बनेको ४ दिन पछि नेपाल वायु सेवा निगम सञ्चालक समितिले वाइडबडी विमान खरिद गर्नका लागि अध्ययन प्रक्रिया सुरु गरेको जानकारी दिँदै पाइडबडी प्रकरणमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संलग्न रहेको दाबी  गर्नु भयो ।