डेढ लाखले पाए स्मार्ट लाइसेन्स, विभागको लापर्बाहीले सबै लाइसेन्स छापिएनन्

२२ पुष २०७५, आईतवार ०९:५५

कमला अर्याल

काठमाडौं। लामो समयसम्म लाइसेन्सको पर्खाइमा बसेका सेवाग्राहीले बल्ल लाइसेन्स पाउन थालेका छन्् । यातायात विभागका अनुसार १ लाख ५० हजार स्मार्ट लाइसेन्स वितरण भइसकेको छ । विभागका प्रवक्ता गोकर्ण उपाध्यायका अनुसार यही २८ पुससम्म सबै लाइसेन्स छापिसक्ने र वितरण प्रक्रिया सुरु गरिनेछ । विभागका अनुसार स्मार्ट लाइसेन्स लिन करिब ६ लाख सेवाग्राही पाइपलाइनमा छन् । विभागले बल्ल डेढ लाख मात्रै वितरण गरेको छ । बाँँकीले साइसेन्स पाउने अत्तोपत्तो छैन ।

विभागले स्मार्ट कार्ड छाप्ने जिम्मा मालिका इन कर्पोरेटलाई दिएको थियो । सो कम्पनीले डेढ महिनामा ६ लाख स्मार्ट कार्ड छाप्ने सम्झौता विभागसँग गरेको थियो । तर, सो समयसम्म मालिकाले लाइसेन्स छापिसकेन । सम्झौताअनुसारको मालिकाले लाइसेन्स छाप्न नसके पनि विभागले पुनः उसैलाई लाइसेन्स छाप्ने जिम्मा दिएको छ । मालिकाले अहिलेसम्म ३ लाख मात्रै स्मार्ट लाइसेन्स छापेको छ  भने अझै ३ लाख लाइसेन्स छाप्न बाँकी छ । कार्ड छपाइ गर्दा डाटा इरर भएका कारण मालिकाले सबै कार्ड छाप्न नसकेको विभागले जनाएको छ । कार्ड छपाइ सुरु गर्दा नै डाटामा इरर आएर आवश्यक कार्ड छाप्न नसके पनि विभागले पुनः सोही कम्पनीलाई कार्ड छाप्ने जिम्मा दिनु विभागका कर्मचारी र मालिकाबीच मिलेमोतो भएको स्रोतको भनाइ छ ।विभागले लाइसेन्स छपाइका क्रममा आउने त्यस्तो डाटा इरर नहटाउँदा यस्तो समस्या आएको थियो । डाटा एक प्रकारको एप्लिकेसन हो । यसमा समस्या आउँदा एकपटकमा हुने काम २÷३ पटक सम्म दोहो¥याउनुपर्छ । जसका कारण छपाइ प्रक्रिया पूर्ण रूपले प्रभावित हुने गर्छ । यस्तो समस्याका कारण स्मार्टकार्ड छाप्ने प्रक्रिया प्रभावित भए पनि विभागले त्यसतर्फ चासो देखाएको छैन ।

विभागको यस्तो गम्भीर लापर्बाहीका कारण झन्डै एक वर्षसम्म स्मार्ट कार्डको प्रतीक्षामा रहेका ६ लाख सेवाग्राही प्रभावित भएका छन् । विभागले आफूअन्तर्गत काठमाडौंका ४ र उपत्यकाबाहिरका १२ गरी कुल १६ वटा कार्यालयबाट साइसेन्स वितरण गरिरहेको छ । परीक्षा उत्तीर्ण भइसकेका सेवाग्राहीको चालक अनुमतिपत्र विभागमै छापिन्छ ।यो समाचार आजको राजधानि दैनिकमा प्रकाशित छ ।