डा केसीको स्वास्थ्य जोखिममा

१५ माघ २०७५, मंगलवार ११:१६

काठमाडौँ , २० दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्यस्थिति अत्यन्त जोखिममा रहेको चिकित्सकहरूले बताएका छन् । ‘यस्तै स्थिति रह्यो भने उहाँलाई कुन बेला के हुन्छ थाहा छैन,’ त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले बताएका छन ।


केसीले उपचार गराउन नमानेकाले सामान्य स्लाइन मात्र दिइएको बताइएको छ । चिकित्सकहरूका अनुसार केसीको शरीर अत्यन्त कमजोर भएको छ, छाती दुख्ने समस्या बढेको छ । मुटुको समस्याका लागि नियमित रूपमा खाइरहेको औषधिसमेत उहाँले अनशन अवधिमा खानु भएको छैन । यसले गर्दा स्वास्थ्यमा थपजटिलता देखिएको छ ।

चिकित्सकहरू रिले अनशनमा
नेपाल चिकित्सक संघले डा। गोविन्द केसीको जीवनरक्षा माग गर्दै सोमबारदेखि देशव्यापी रिले अनशन सुरु गरेको छ । अनशन डा। केसीको सत्याग्रह रहेसम्म जारी हुने संघले जनाएको छ ।संघले उपत्यकाका सबै चिकित्सक, स्वास्थ्यकर्मीको संलग्नतामा दिनहुँ बिहान १० देखि दिउँसो ५ बजेसम्म त्रिवि शिक्षण अस्पताल हातामा रिले अनशन गर्ने जनाएको छ । उपत्यकाबाहिर जिल्लामा संघको शाखा भएका ठाउँमा वा स्वास्थ्य संस्थाका हातामा बिहान १० देखि साँझ ५ बजेसम्म रिले अनशन गरिएको छ । ‘अहिले हामीले डयुटी मिलाएर अनशनमा सरिक हुन चिकित्सकहरूलाई भनेका छौं,’ संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले भन्नु भयो । ‘अझै दुईरतीन दिनभित्र सरकारले वास्ता गरेन भने इमर्जेन्सीबाहेकको काम छाडेर बिहान १० देखि साँझ ५ बजेसम्म रिले अनशन बस्नुपर्ने अवस्था आउन सक्छ ।’