गैर कानुनीरुपमा विदेशमा लुकाइएको सम्पत्ति जफत गर्न कमल थापाको माग

३ माघ २०७५, बिहीबार १६:१२

काठमाडौैैं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीहरुले गैर कानुनीरुपमा विदेशमा रकम लुकाइरहेको विषयमा सरकार र सम्बद्द निकायले छानविन गर्नुपर्ने माग गर्नु भएको छ । ५५ जना नेपालीले विदेशमा करिब ५४ अर्व रुपैयाँ गैर कानुनीरूपमा लुकाई छिपाइ राखेको समाचार सार्वजनिक भएसँगै थापाले यस्तो माग गर्नु भएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले शंकास्पद व्यक्ति तथा संस्थाको बैंक खाता तत्काल रोक्का गर्न पनि माग गर्नु भएको छ । अवैध सम्पत्ति जफत गर्न र संलग्नलाई कारबाही गर्न वर्तमान सरकार र संसदले पनि सशक्त कदम उठाउनुपर्ने माग गर्नु भयो ।