क्रिश्चियनसँग आफूलाई जोडेर आएका विषयलाई पुष्टि गर्न चुनौतीः नेपाल

२४ पुष २०७५, मंगलवार १०:३२

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एसिया प्यासिफिक सम्मेलनमा होली वाइन र क्रिश्चियनसँग आफूलाई जोडेर आएका विषयलाई पुष्टि गर्न चुनौती दिनु भएको छ ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा एसिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नता र विदेशमा भएको यसको प्रचारबारे सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले  क्रिश्चियन धर्मको प्रचारक बन्न खोज्यो भन्ने ढंगबाट गरिएको प्रचार कुत्सित मनसायबाट प्रेरित रहेको बताउनु भयो । ‘जनताको मनलाई सम्मान गर्न सबै धार्मिक कार्यक्रममा भाग लिन्छौँ, हिन्दू, बुद्धिस्ट, मुस्लिम, जैन जुन धर्मावलम्बीलबोलाए पनि हामी जान्छौँ, म त भगवान मान्दिनँ, जनताको भावनामा चोट पुर्याउने राजनीतिज्ञको काम होइन, नेपालको उत्पत्ति हिन्दू र बौद्ध धर्मको पहिचानसँग जोडिएको छ’, उहाँले भन्नु भयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नु भयो ,  , ‘एसिया प्यासिफिक सम्मेलन नेपाललाई विश्वमा चिनाउन राम्रो भावनाबाटै गरिएको छ, सरकारले अघि सारेको सुखी नेपाली र समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न सहयोग पु¥याउने उद्देश्य सम्मेलनको थियो ।’

युनिभर्सल पिस फेडरेशनले विभिन्न समयमा आयोजना गरेको विभिन्न कार्यक्रममा नेपालका बिपी कोइराला, गिरिजा कोइराला, गणेशमानसिंह, सुशील कोइराला, शेरबहादुर देउवासमेत भाग लिएको बारे नेता नेपालले समितिलाई जानकारी गराउनु भएको थियो ।   बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले एसिया प्यासिफिक सम्मेलनसँग सरकारको संलग्नता जोडर दुष्प्रचार गर्न खोजिएको बताउनु भयो ।