काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा चयन

२१ पुष २०७५, शनिबार १५:०१

काठमाण्डौं – काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा चयन हुनु भएको छ ।  काठमाण्डौं मलको जिम्मा लिएका राजु गोरखालीलाई सञ्चयकोषले हटाएपछि मलमा देखिएको समस्या समन्वयको लागि महरा चुनिनु भएको हो ।

कर्मचारी सञ्चयकोषले पत्र नं ८९ बाट पठाएको ब्यहोरा अनुसार नयाँ टेन्डर नहुने मलका व्यवसायीवाट नै ब्यवस्थापन गर्ने गरि आएको पत्र अनुसार काठमाण्डौ मलमा सहजिकरण गर्नका लागि नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको माताहत रहने गरि समन्वय समिति गठन गरेको हो ।उद्योग वाणिज्य संघले काठमाडौं मल समस्या र समाधान विषयमा आयोजित कार्यक्रमले २०७५–९–१९ मा पत्र बाड्न आएको कर्मचारी माथि भएको कुट पिटको भत्सर्ना गर्दै सम्वधित निकायमा उजुरी दिईसकेको जनाएको छ ।कार्यक्रम लाई सम्वोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्षले ब्यपारीहरुको हकहितका लागि सक्दो पहल गर्ने बताउनु भयो ।

त्यस्तै काठमाण्डौं जिल्ला संघका महासचिव रमानाथ श्रेष्ठले काठमाण्डौं मलमा आधिकारीक ब्यापार समिति बनाउन पहल गर्ने बताउनु भयो । वाणिज्य संघ काठमाण्डौंकी कोषाध्यक्ष सुष्मा महराले ज्यानको वाजि लगाएर भएपनि ब्यापारीहरुको हकहितका लागि काम गरिने  बताउनु भयो । समितिका सभापतिमा नेपाल उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुष्मा महरा रहनु भएको छ  भने उप सभापतिमा रक्सन शाक्य र सदस्यहरुमा विजय अग्रवाल, सोनिया शाह,अनिता केसि ,दिल वहादुर थापा लेज्स श्रेष्ठ रहनु भएको छ । मलमा बाहिरी मानिसको चलखेल बढ्दै गएपछी समस्या समाधानका लागि १५० भन्दा धेरै व्यवसायीको हस्ताक्षर सहित नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंलाई अनुरोध गरेको थियो ।त्यसै गरी नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंका पदाधीकारीहरुले विहिबार मलमा भएको घटना बारे जानकारी दिदै गृहमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।