कांग्रेसका भ्रातृ संगठनहरु आन्दोलित

१३ माघ २०७५, आईतवार १५:०२

काठमाडौं , नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघले सरकारविरुद्ध आइतबार संयुक्त प्रदर्शन गरेका छन् ।सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकारका संसदीय व्यवस्थामाथि धावा वोल्न थालेको आरोप लगाउँदै कांग्रेसका भ्रातृ संगठनहरु आन्दोलित भएका हुन् ।

माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेका कांग्रेसका भ्रातृ संगठनहरुले निषेधाज्ञा तोड्ने प्रयाससमेत गरेका थिए । सुरक्षाकर्मी ‘माइकिङ’ गरेर निषेधित क्षेत्रतर्फ अगाडि नबढ्न चेतावनी दिएपनि आन्दोलनकारीहरुले निषेधाज्ञा जारी भएको स्थानमा राखेको काँडेतार तानेर निषेधाज्ञा तोड्ने प्रयास गरेका हुन् । निषेधित क्षेत्र तोड्ने प्रयास गरे बल प्रयोग गर्ने चेतावनी दिँदै सुरक्षाकर्मी अगाडि बढेपछि प्रदर्शनकारीहरु पछाडि हटेका थिए ।