काँग्रेसले संसद बैठक अवरोध गर्ने

८ माघ २०७५, मंगलवार १३:५७

काठमाडौँ , सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछोड्दा संसदमा मुठभेड हुने खतरा बढेको छ ।

प्रतिपक्षले प्राध्यापक डा। गोविन्द केसीसँग गरेका सहमतिविपरित चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न लागेको तथा काँग्रेस नेताका नाममा रहेका अस्पतालहरुलाई विघटन गर्न लागेको भन्दै संसद बैठक अवरोध गर्ने काँग्रेसले बताएको छ ।तर, सरकार भने गोविन्द केसीका जायज माग पुरा भैसकेको र अस्पतालहरु व्यवस्थित गर्न लागेकाले प्रतिपक्षले संसदमा अवरोध गर्नुको औचित्य नभएको दावी गर्दै आएको छ ।यहि विवादकाबीच आज दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारीमा सत्तारुढ छ भने प्रतिपक्ष जर्बजस्ती गरे प्रतिरोध गर्ने रणनीतिमा छ ।