कर्मचारी समायोजन ३ फागुनभित्र सक्ने तयारी

७ माघ २०७५, सोमबार ११:०५

काठमाण्डौ, आगामी ३ फागुनभित्र कर्मचारी समायोजनको प्रक्रिया सक्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीले आवेदन दिने समय सकिएपछि मन्त्रालयले उनीहरूलाई समायोजन गर्ने प्रक्रिया अघि बढाएको हो । मन्त्रालयका अनुसार ३५ हजार ३६४ कर्मचारीले संघलाई पहिलो प्राथमिकतामा राखेर समायोजन रोजेका छन् ।

यस्तै, १४ हजार २०९ जनाले प्रदेशमा समायोजन हुन प्राथमिकतासहित आवेदन दिएका छन् ।मन्त्रालयका अनुसार २७ हजार ४६१ जनाले संघ र प्रदेशभन्दा स्थानीय तहमा बसेर काम गर्न बढी रुचि देखाएका छन् । उनीहरूले पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखेर समायोजनको आवेदन दिएका हुन् । समायोजनमा जान कुल ७७ हजार ३४ जना कर्मचारीले आवेदन दिएका थिए ।